बुधबार, फागुन २०, २०८२

आकस्मिक अवतरणलगत्तै पाइलटको मृत्यु, यात्रु सकुशल

मृतक विमान चालकलाई जकार्तास्थित पाइलटको घरमा हेलिकोप्टरमार्फत सिधै पठाइने जानकारी उडाइनेछ भन्दै उनले पाइलटको परिवारलाई समवेदना व्यक्त गरे।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

जाकर्ता- इन्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ। चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि सिटीलिंक विमानलाई आकस्मिक अवतरण गरेका पाइलटको मृत्यु भएको हो। 

सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले घटनाको पुष्टि गर्दै भने, 'पूर्वी जाभा प्रान्तमा रहेको जुआन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान चालकले विमानलाई आकस्मिक अवतरण गरेका थिए। उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा त्यहाँ निधन भएको छ।'

उनको निधनको कारण खुल्न सकेको छैन। दक्षिण सुलावेसी प्रान्तको उजुङ पाण्डाङमा स्थानीय समयअनुसार बुधबार बिहान ६ः०० बजे उडिरहेको उडान नम्बर क्यूजी–३०७ को विमानले उडान सुरू गरेको थियो। करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो।

मृतक चालकलाई जकार्तास्थित पाइलटको घरमा हेलिकोप्टरमार्फत सिधै पठाइने जानकारी दिइएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार सिटिलिङ्कका अधिकारीहरूले यात्रुहरूलाई विमानलाई आकस्मिक अवतरण गर्नु परेको कारण प्रस्ट पार्दै अर्को उडानको व्यवस्था गरेका थिए। 

उक्त विमानको सम्पूर्ण चालक दलका सदस्यहरूलाई आराम गर्न दिई अर्को समूहलाई उडानका लागि खटाइएको थियो।

kumari

प्रकाशित: Jul 21, 2022| 21:19 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।