सोमबार, साउन २५, २०८३

संघीय व्यवस्था देशले धान्‍न सक्दैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो र अव्यवहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने बताएका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो र अव्यवहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने बताएका छन्।

बिहीबारबाट काठमाडौंमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले  जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनताको जनजीवन प्रभावित भएको बताए।

उनले राजसंस्थालाई बहिष्करण गरेकै कारण हालसम्म पनि शान्ति प्रक्रियाले पूर्णता नपाएको तर्क गरे। उनले भने, ‘कथित १२ बुँदे सम्झौता विदेशीको इशारामा भएका कारण अहिलेसम्म शान्ति प्रक्रिया टुंगोमा लागेको छैन। देशमा भ्रष्टाचार झनै मौलाएको छ। यसको भागिदार प्रमुख दलका नेताहरु पनि हुन्।’

उनले चर्को मूल्यवृद्धि र व्यापा घाटा, वैदेशिक मुद्राको अल्प सञ्चिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहालिलाग्दो रहेको बताए। उनले ठूला भनिएका दलहरुकै कारण मुलुकमा भ्रष्टाचार व्याप्त बनेको र मुलुकमा आर्थिक समस्या देखा परेको तर्क गरे।

बैठकमा अध्यक्ष लिङ्देनले प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेस गरेका थिए।

प्रकाशित: Jul 21, 2022| 19:23 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...