सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गायिका सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता

गायिका सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको छ। प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको छ। प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।

National life

सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दिलमायाको हत्या भएको निष्कर्षसहित हत्या आरोपमा पक्राउ परेका दिलमायाका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई जन्मकैदको सजाय माग गरेको छ। 

गायिका सुनारको हत्यामा उनका प्रेमी भनिएका खिलबहादुर श्रेष्ठ नै दोषी भएको भन्दै नेपाल प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। गत असार ११ गते शनिबार तारकेशश्वर नगरपालिका–११ स्थित नेपालटारको डेरामा लोकदोहोरी गायिका दिलमायाको शव फेला परेको थियो। 

घटनाको अनुसन्धान बालाजु प्रहरी वृत्तले गरेको थियो। सुरुमा सुनारले आत्महत्या गरेको अनुमान प्रहरीको थियो। तर अनुसन्धान गर्दै जाँदा उनको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। घटनापछि पक्राउ परेका सिन्धुपाल्चोकको साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई प्रहरीले हत्याराको रुपमा ठहर गरेको छ, जो गायिका सुनारसँगै बस्ने गरेका थिए।

दिलमायाले झुण्डिएर आत्महत्या गरेको बताएका थिए सूर्यले। दिलमाया मृत फेला परेको रात सूर्य पनि सँगै थिए। राति रक्सी खाएर त्यहीँ बसेका सूर्य दिलमायाको मृत्युपछि त्यहाँबाट पासो लिएर फरार भएका थिए। 

सूर्यले बयानका क्रममा सुरुमा धेरै कुरा ढाँटेपछि प्रहरीले शंका गरेको थियो। अनुसन्धानका क्रममा हत्या नै भएको निष्कर्षमा पुग्ने प्रमाण फेला परेको प्रहरीले बताएको छ। 

दिलमायाको परिवारले सूर्यविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो। सूर्य  घटनाको भोलिपल्ट प्रहरीको फेला परेका थिए। सूर्यले नै बताएपछि दिलमाया झुण्डिएको भनिएको सल महाराजगन्जस्थित झाडीमा फेला परेको थियो। 

दिलमायाको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ अर्थात् झुण्डिएर उल्लेख छ। तर प्रहरी अनुसन्धानले भने उनलाई झुण्ड्याइएको निचोड निकालेको छ। 

दिलमाया गएको असार ११ गते टोखास्थित आफ्नै कोठामा मृत फेला परेकी थिइन्। उनको शव बेडमा फेला परेको थियो। घटना हुनुभन्दा केही समय पहिले दिलमायाको फेसबुकमा लामो स्टाटस पनि लेखिएको थियो। 

प्रकाशित: Jul 21, 2022| 18:37 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।