शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवार बन्‍ने वातावरणविद् अरनिको पाण्डेको घोषणा

ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवार बन्‍ने वातावरणविद् अरनिको पाण्डेको घोषणा

वातावरणविद् अरनिको पाण्डेले आगामी संसदीय चुनावमा ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– वातावरणविद् अरनिको पाण्डेले आगामी संसदीय चुनावमा ललितपुर क्षेत्र  नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

National life

उम्मेदवारी घोषणा गर्ने क्रममा उनले भने,  ‘जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देशविदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु।’ यूएनईपी, यूएनडीपी, डब्लूएचओ लगायतका अन्तर्राष्ट्रिय संस्थामा आवद्ध रहेर उनले लामो समय काम गरेका छन्।

उम्मेदवारी घोषणा गर्ने क्रममा पाण्डेले जलवायु परिवर्तनले नेपालमा ल्याउने विनाश र दुःखबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउने बताएका छन्। विकासको मोडलको बहसको आवश्यकता देखेर उम्मेदवार बन्न लागेको उनको भनाइ छ।

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका पाण्डेले अष्ट्रेलियाको मेलबर्न इन्स्टिच्युट अफ मेलबर्न (एआईटी) बाट विद्यावारिधि गरेका छन्। काठमाडौं उपत्यकाको वायू प्रदूषणको अनुसन्धान गरेका उनले सोही विषयमा विद्यावारिधी गरेका हुन्।


प्रकाशित: Jul 21, 2022| 18:18 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...