सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपतिनाथलाई अन्तर्राष्ट्रिय तीर्थस्थल बनाउने गुरुयोजना सार्वजनिक

पशुपतिनाथलाई अन्तर्राष्ट्रिय तीर्थस्थल बनाउने गुरुयोजना सार्वजनिक

पाशुपत क्षेत्रलाई विश्वकै सनातन तीर्थस्थल, हिन्दु तीर्थयात्रीको विशिष्ट गन्तव्य, पुण्यभूमि र साधना भूमिका रूपमा विकास गरिने गुरुयोजनाको लक्ष्य।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल पाशुपत क्षेत्रलाई विश्वभरकै मुख्य धार्मिक स्थल बनाउने गुरुयोजना सार्वजनिक गरिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको गुरुयोजना तयार गरेको हो।

National life

कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई स्थानीय एवं सरोकारवाला निकायसँग छलफल गरी अन्तिम रूप दिन २० कात्तिक २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई गुरुयोजना हस्तान्तरण गरेको हो।

मन्त्री श्रेष्ठले गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुने विश्वास व्यक्त गरे। पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वलाई कायम राख्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारीको संयोजकत्वमा पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, वास्तुकलाविद् प्रा. सुदर्शनराज तिवारी, संरचनाविद् प्रा. प्रेमनाथ मास्के, इकोमस नेपालका अध्यक्ष काइवाई जे, संरक्षणविद् भीम नेपाल, स्थानीय आशाराम संगत रहेको गुरुयोजना तयारी प्राविधिक समिति गठन गरिएको थियो ।

गुरुयोजनालाई १५ वर्षको समयसीमा तोकेर कार्यान्वयनका चार चरणमा छुट्याइएको छ। पाशुपत क्षेत्रलाई विश्वकै सनातन तीर्थस्थल, हिन्दु तीर्थयात्रीको विशिष्ट गन्तव्य, पुण्यभूमि र साधनाभूमिका रूपमा विकास गर्ने लक्ष्य गुरुयोजनाले राखेको छ।

प्रकाशित: Jul 21, 2022| 17:39 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।