शनिबार, मंसिर ६, २०८२

सिंहदरवारलाई खेल बुझाउन आवश्यक छ : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सिंहदरवारले खेल नबुझेकाले बुझाउन आवश्यक रहेको टिप्पणी गरेका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं- युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सिंहदरवारले खेल नबुझेकाले बुझाउन आवश्यक रहेको टिप्पणी गरेका छन्। खेल विज्ञान भएको र खेलशिक्षामा परिवर्तन गर्दै विद्यालय स्तरबाट नै खेलकुदलाई विकास गर्नुपर्ने उनको भनाइ छ। 

National life

१९औं एसियाली खेलकुदका लागि पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। खेल विश्वविद्यालयको स्थापना गर्दै खेलाडी उत्पादन गर्नेतर्फ सोच अगाडि बढेको उनको भनाइ छ।

'खेल विकासका लागि सातै प्रदेशमा अन्तराष्ट्रिय खेल मैदान बनाउने सोचले आगाडी बढेको र भएका पूर्वाधारलाई प्रार्थमिकताका साथ अगाडि बढाउने लक्ष्य छ। खेलाडीको मनोबल बढाउने उद्देश्यले पुरस्कार सम्मान बढाउनेतर्फ सरकार अग्रसर छ,' मन्त्री गहतराजले भने, 'कसैको निगाहबाट नभई कानूनी प्रावधान बनाएर पुरस्कार राशीको निर्धारण हुन्छ।' मन्त्री गहतराजले एसियन गेममा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले ३२ लाख ५० हजार, रजत १९ लाख ५० हजार र कास्य पदकलाई १३ लाख प्राप्त गर्ने कानून रुपमा निर्णय हुने र अन्य प्रतियोगितामा पनि त्यही अनुरुप प्राप्त गर्न सक्ने उनले बताए।

कार्यक्रममा बोल्दै संस्कृती, पर्यटन तथा नागरिक मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले एसियाली खेलकुदमा अहिले सम्म अपेक्षित सुखद नतिजा नभएको भन्दै अहिलेको प्रशिक्षण सुखद नतिजा तर्फ अग्रसर हुने र त्यसका लागि खेलाडीहरुले पनि गम्भीर भएर लाग्नु पर्ने बताए।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले पुनतार्जगी कार्यक्रमले खेलाडी खारिएर अगाडि बढाउन सक्षम हुने विश्वास व्यक्त गरे। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 21, 2022| 12:55 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।