शनिबार, मंसिर ६, २०८२

एन्फाको कार्यसमिति बैठक एजेन्डामै प्रवेश नगरी स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो। 

National life

दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए। एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरी शुरु भएको थियो। बैठक एजेण्डामा प्रवेश नगरी स्थगित

भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए। पहिलो पटक

एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो। यसअघि गत सोमबारका लागि तय भएको सो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो। निर्वाचनपछि भएको शपथ ग्रहण लगत्तै बसेको

पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचित नयाँ नेतृत्तवको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

Laxmi sunrise bank
kumari

बैठकका लागि विभिन्न एजेण्डा तय भए पनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ। प्रमुख कार्यकारी अधिकृत, तीन सहमहासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल

हुने बताइएको छ।

चुनावमा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिष्पर्धामा उत्रिएका थिए। साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुनेको थियो।

प्रकाशित: Jul 21, 2022| 12:05 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।