सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

कर्णाली- फुकोट-कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ। चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो।

National life

प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए।

‘स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन,’ उनले भने।

आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनामा सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताए। आयोजनास्थल कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्छ।

आयोजनाका संरचना सो गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा बन्ने छन्। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको प्रमुख वाइबाले बताए। आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रहेको छ। आयोजना निर्माण गर्दा एक हजार १४९ परिवार प्रभावित हुने बताइएको छ।

आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको वाइबाले बताए। हालसम्म रु ५० करोडभन्दा बढी रकम मुआब्जावापत वितरण गरिएको छ।  रासस

प्रकाशित: Jul 21, 2022| 10:10 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।