सोमबार, जेठ ४, २०८३

कपिलवस्तुमा सवारीको ठक्करबाट दुई जनाको मृत्यु

बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा वाणगंगा–१० मा बालिकाको मृत्यु भएको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

National life

कपिलवस्तु- कपिलवस्तुमा सवारी साधनको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा वाणगंगा–१० मा बालिकाको मृत्यु भएको छ। 

बा५ख ९३५० नम्बरको बसले रा७प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए।

त्यसैगरी, वाणगंगा नगरपालिका–१० भावपुरमा लु२च ४०५२ नम्बरको भ्यानले ठक्कर दिँदा नौ वर्षीय एन्जला पौडेलको मृत्यु भएको छ। बालिकाले बाटो काट्दै गर्दा भ्यानले ठक्कर दिएको हो।

प्रकाशित: Jul 21, 2022| 09:30 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।