सोमबार, साउन २५, २०८३

छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगे जनार्दन शर्मा

बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन्। समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक सुरु भएको छ। बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन्। समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन्।

बैठकमा पूर्वमन्त्री शर्मासँग बयान लिइनेछ। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ। उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो। 

समितिले छानबिन थालेको बिहीबार दशौँ दिन हो। दश दिनमा निष्कर्षमा पुग्न नसकिने भएपछि समितिको समय ७ दिन थप्ने तयारी गरिएको छ।

प्रकाशित: Jul 21, 2022| 09:15 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...