सोमबार, जेठ ४, २०८३

पाटनको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको अवस्थामा रहेको हो।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं- पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ। विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको अवस्थामा रहेको हो।

National life

मन्दिर पुनः निर्माणमा १०० बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा बनाएर ल्याइएका तीनदेखि चार थरिका इँटासमेत नमिलेर पुनः बनाउन दिँदा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले गुनासो गरे। उनले भने, ‘इँटाको आकार र प्रकार नै पुरानो शैली अनुरुप नमिलेपछि काम अघि बढाउन ढिलाइ भइरहेको छ।’ सो मन्दिर बाहिरबाट हेर्दा त्यहाँ रहेका चार बुर्जा मात्र क्षति भएको देखिएता पनि समय ढल्किँदै जाँदा भित्रभित्रै झन् धेरै जीर्ण हुँदै गइरहेको प्रधानले बताए। ‘यो मन्दिर अब जीर्णोद्धार मात्रै गरेर हुँदैन, पुनःनिर्माण नै गर्नुपर्ने भएको छ’, उनले थपे।

सो मन्दिर मर्मत सुधार र संरक्षण गर्न यसअघिको कार्यकालमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २० लाख दिएको सङ्घका सचिव रवि दर्शनधारीले बताए। सो मन्दिर निर्माणमा प्राविधिक सहयोग भने काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)को रहने इञ्जीनियर प्रणाम होराले बताए।

आवश्यक सामग्री तयार नभएसम्म मन्दिरलाई जीर्ण अवस्थामै राख्न बाध्य भइरहेको होराले दुःखेसो गरे। सो मन्दिर पुनःनिर्माणको लागि गत वर्षको पुस २९ गते क्षमापूजा गरिएको थियो।

उक्त मन्दिर भत्काएपछि त्यहाँका सबै सामग्री आफूहरुले सुरक्षित पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमा राख्ने जानकारी गराइएको छ। मन्दिर निर्माण थालिने सोच बनाएसँगै आवश्यक नयाँ इँटा बनाउनका लागि नयाँ साँचोसमेत बनाउन निकै समय खर्च भएको प्रधानले जानकारी गराए।

नरसिंह मन्दिरको महिमा हरेक वर्ष कात्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरी प्रदर्शनसमेत गर्ने गरिन्छ। विश्वकै लामो नाट्य महोत्सवका रूपमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो ‘नृसिंह’ भगवान्मा आधारित नृत्य अघि बढाएका हुन्।

भगवान् विष्णुले देश र जनताको कल्याण अनि धर्म रक्षाका लागि मत्स्य हुँदै बराहपछि नृसिंह अवतार धारण गरी अत्याचारी दानवको बध गर्ने कुरा विष्णु पुराणमा आधारित छ। सो मन्दिरमा प्रयोग गरिने इँटा घरायसी प्रयोजन गर्नेभन्दा विल्कुलै फरक हुने भएकाले बनाउन पनि लामो समय लाग्ने होराले जानकारी गराए। -रासस

प्रकाशित: Jul 21, 2022| 07:20 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।