बिहीबार, चैत १२, २०८२

युइएफएको उत्कृष्ट खेलाडीमा रोनाल्डो, मोड्रिक र सलाह मनोनित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्पेन- स्पेनिस क्लब रियल मड्रिडका पुर्वस्टार क्रिस्टियानो रोनाल्डो, रियलकै लुका मोड्रिच र लिभरपुलका मोहम्मद सलाह युइएफए वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन्। 

युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले सोमबार सार्वजनिक गरेको २०१७–१८ को सिजनको शीर्ष तीनको मनोनयनमा रियलका दुई खेलाडीले स्थान बनाउदा लिभरपुलका सलाहले पनि अन्तिम तीनमा स्थान बनाए।

खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) ग्रुपका ५० जना खेल पत्रकारले गरेका हुन्। जुरी सदस्यले पहिलो स्थानको लागि ५ अंक, दोस्रो स्थानको लागि ३ र तेस्रो स्थानको लागि १ अंक प्रदान गर्दै छनोट गरेका हुन्।

बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी भने शीर्ष तीनमा पर्न सकेनन्। रियलले अघिल्लो सिजनको च्याम्पियन्स लिग जितेको थियो । रोनाल्डोले रियलबाट कीर्तिमानी पाँचपटक च्याम्पियन्स लिगको उपाधि तथा लगातार तीनपटक च्याम्पियन्स लिग जित्न सफल भएका थिए । उनी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पनि हुन्।

यस्तै रियलमा अघिल्लो सिजन उत्कृष्ट समय बिताएका मिडफिल्डर लुका मोड्रिच पनि अन्तिम तीनमा पर्न सफल भए। गोल्डेन बल विजेता मोड्रिककै कप्तानीमा क्रोएसिया रसिया विश्वकपको उपविजेता बन्न सफल भएको थियो। इजिप्टका सलाहले इंग्लिस प्रिमियर लिगको डेब्यु सिजनमै उच्च प्रदर्शन गर्दा ४४ गोल गर्न सफल भएका थियो । सलाह फाइनल खेलको २७ औं मिनेटमा चोट बोक्दै मैदान बाहिरिएका थिए। च्याम्पियन्स लिगमा लिभरपुल उपविजेता बनाउन सलाहले उच्च प्रदर्शन गरेको  थियो।

विजेता घोषणा च्याम्पियन्स लिगको समूह चरणको विभाजनको दिन अर्थात ३० अगस्टमा मोनाकोमा हुनेछ। सोही दिन नै महिला वर्ष खेलाडी र च्याम्पियन्स लिगका अन्य विधागत विजेताको घोषणा गरिनेछ।

शीर्ष १० मा पर्न सफल खेलाडीहरु

एन्टोइन ग्रिजमन (एट्लेटिको मड्रिडरफ्रान्स) – ७२ अंक
लियोनेल मेस्सी (बार्सिलोनारअर्जे्न्टिना) –५५ अंक
केलियन एमबाप्पे (पिएसजीरफ्रान्स) –४३ अंक
केभिन डि ब्रुएन (म्यानचेस्टर सिटीरबेल्जियम) – २८ अंक
राफइल भरान (रियल मड्रिडरफ्रान्स) –२३ अंक
इडेन हजार्ड (चेल्सीरबेल्जियम) – १५ अंक
सर्जियो रामोस (रियल मड्रिडरस्पेन) –१२ अंक

पूर्व विजेता

२०११– लियोनेल मेस्सी (बार्सिलोनारअर्जे्न्टिना)
२०१२– आन्द्रेस इनिस्टा (बार्सिलोनारस्पेन)
२०१३– फ्रान्क रिवेरी (बायर्न म्युनिखरफ्रान्स)
२०१४– क्रिस्टियानो रोनाल्डो (रियल मड्रिडरपोर्चुगल)
२०१५ – लियोनेल मेस्सी (बार्सिलोनारअर्जे्न्टिना)
२०१६ – क्रिस्टियानो रोनाल्डो (रियल मड्रिडरपोर्चुगल)
२०१७ – क्रिस्टियानो रोनाल्डो (रियल मड्रिडरपोर्चुगल)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।