काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच बिहीबार पनि छलफल हुने भएको छ।
दुई नेताबीच पार्टी एकताका विषयमा छलफल हुन लागेको हो। प्रचण्ड र भट्टराईबीच मंगलबार (४ साउन) माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा एकघण्टा छलफल भएको थियो।
भेटमा प्रचण्डले भट्टराईलाई एकतामा आउन आग्रह गरेका थिए। भट्टराईले भने माओवादी केन्द्रको नाम परिवर्तन गर्नुपर्ने बताएका थिए।
आज उनीहरूबीच छलफल हुने स्थान भने खुलाइएको छैन।
जसपामा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि भट्टराईले जसपा पुनर्गठनप्रयास गरिरहेका छन्।