सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंबाट महेन्द्रनगर हुँदै भारत लैजान लागेकी युवतीको उद्धार

काठमाडौंबाट महेन्द्रनगर हुँदै भारत लैजान लागेकी युवतीको उद्धार

मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी युवतीको बुधबार उद्धार गरिएको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

कञ्चनपुर- मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी युवतीको बुधबार उद्धार गरिएको छ। 

National life

काठमाडौंबाट भगाइएकी युवतीलाई नेपालगन्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो।

महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया युवतीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ। युवतीलाई भगाएर ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ।

काठमाडौंका सवारी चालक लावडले युवतीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगरसम्म ल्याएका हुन्।

काठमाडौंमा बस्दै आएका युवती र उनको परिवारबीच चिनजान रहेछ र त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगन्जसम्म ल्याएको पाइएको प्रहरीले जनाएको छ।

युवतीले केही भन्न नसकेकाले उनलाई युवकले झुक्याएर भारत लैजान लागेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: Jul 21, 2022| 06:47 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।