सोमबार, साउन १८, २०८३

सिंचाइ पोखरीमा डुबेर स्याङ्जामा दुई जनाको मृत्यु

स्याङ्जाको सिंचाइ पोखरीमा डुबेर आज साँझ दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं. ६ पेलाकोटकी वर्ष ४ की सोफिया गुरुङ र वर्ष ३३ की बिन्द्र गुरुङ रहेका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

स्याङ्जा- स्याङ्जाको सिंचाइ पोखरीमा डुबेर आज साँझ दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं. ६ पेलाकोटकी वर्ष ४ की सोफिया गुरुङ र वर्ष ३३ की बिन्द्र गुरुङ रहेका छन्।

आज साँझ ५ बजे सोफिया पोखरीमा डुबेको र उनलाई बचाउन जाँदा बिन्द्र गुरुङ घाइते भएको र दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार डुबेर गम्भीर घाइते भएका दुवैलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Jul 21, 2022| 06:42 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।