काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा मापन गरिएको छ।
उक्त क्षेत्रमा भारी बर्षा भएपछि नेपाल बाढी सूचना केन्द्रले आसपासको क्षेत्रमा एसएमएसमार्फत जानकारी गराउँदै अति उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
केन्द्रले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जानसक्ने उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।