मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

देशका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। ललितपुरको गोदावरी लगायतको स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं- देशका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। ललितपुरको गोदावरी लगायतको स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पछिल्लो २ घण्टा गोदावरी र आसपास लगायत काठमाडौं उपत्यकाको केही स्थानमा भारी बर्षा भइरहेको हो।

विभागका अनुसार गोदावरी खोला, हनुमन्ते खोलालगायत नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ। 

यस्तै खोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत अलर्ट गराएको छ।


प्रकाशित: Jul 21, 2022| 06:20 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।