शनिबार, असार ६, २०८३

तरुण दलका नेताले कुटे गाउँपालिकाका प्राविधिक

नेपाली कांग्रेसनिकट नेपाल तरुण दलका बाँफिकोट गाउँपालिका अध्यक्ष राजु शाहीले पालिकाका प्राविधिकमाथि हातपात गरेका छन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल तरुण दलका बाँफिकोट गाउँपालिका अध्यक्ष राजु शाहीले पालिकाका प्राविधिकमाथि हातपात गरेका छन्। बाँफिकोट गाउँपालिकाका प्राविधिक सब- इन्जिनियर दीपक शाहमाथि कार्यालय समयमा कार्यकक्षमै पुगेर कुटपिट गरेका हुन्।

गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघि तरुण नेता शाहीले कुटपिट गरेको आरोप छ। प्राविधिकमाथि कुटपिट हुँदा पनि अध्यक्ष मुकदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित छन्। 

कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई लाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ। उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित: Jul 20, 2022| 21:50 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...