सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनार्दन शर्मामाथि छानबिन गर्न थप समय माग्ने संसदीय समितिको निर्णय

जनार्दन शर्मामाथि छानबिन गर्न थप समय माग्ने संसदीय समितिको निर्णय

तत्कालीन जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियालाई करका दर हेरफेर गर्न दिएको आरोप लागेपछि छानबिन गर्न गठिन संसदीय समितिले थप समय माग गरेको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- तत्कालीन जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियालाई करका दर हेरफेर गर्न दिएको आरोप लागेपछि छानबिन गर्न गठिन संसदीय समितिले थप समय माग गरेको छ। यसअघि १० दिनको समय पाएको समितिले सयम अपुग भएको भन्दै थप समय उपलब्ध गराउन माग गर्ने निर्णय गरेको हो।

समितिले आजसम्म ८ दिन गुजारिसकेको छ। तर सीसीटीभी फुटेजसम्म भेटेको छैन। समितिले फुटेज रिकभर गर्नका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ।

समितिले थुप्रै काम गर्न बाँकी रहेकाले थप समय माग्ने निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए। बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै अन्नपूर्ण पोस्टले समाचार प्रकाशन गरेको थियो। उक्त समाचार लेख्ने पत्रकारसँग समितिले बुधबार बयान लिएको थियो। समितिले बिहीबार बिहान जनार्दन शर्मासँग बयान लिने तयारी गरेको छ।

प्रकाशित: Jul 20, 2022| 21:31 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...