बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानले सयौं मानव अधिकार उल्लंन गरेको राष्ट्रसंघको भनाइ

तालिबानले सयौं मानव अधिकार उल्लंन गरेको राष्ट्रसंघको भनाइ

तालिबानले गत वर्ष सत्ता कब्जा गरेदेखि अफगानिस्तानमा सयौं मानव अधिकार उल्लङ्घन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ। अफगानिस्तानमा जघन्य आपराधिक हत्या र यातनालगायतका घटनामा अपेक्षाकृत कमी नआएको राष्ट्रसंघले बताएको हो।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काबुल- तालिबानले गत वर्ष सत्ता कब्जा गरेदेखि अफगानिस्तानमा सयौं मानव अधिकार उल्लङ्घन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ। अफगानिस्तानमा जघन्य आपराधिक हत्या र यातनालगायतका घटनामा अपेक्षाकृत कमी नआएको राष्ट्रसंघले बताएको हो। 

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय नियोग (यूनामा) का कार्यकारी प्रमुख मार्कस पोट्जेलले काबुलमा आयोजित समाचार सम्मेलनमा भने, 'हाम्रो रिपोर्टको निष्कर्ष अत्यन्तै गम्भीर छ भन्ने कुरालाई कसैले नकार्न सकेको छैन।' 

तालिबानले अफगानिस्तानमा रहेको यस पहिलेको पश्चिमी समर्थित सरकारलाई परास्त गरेदेखि अधिकारको दुरुपयोगको आरोपलाई नियमित रूपमा अस्वीकार गर्दै आएका छन् तर बुधबार सार्वजनिक गरिएको संयुक्त राष्ट्रसंघको रिपोर्टले धेरै तथ्यहरू सार्वजनिक गरेको छ।

यूनामाले अगस्तदेखि १६० वटा अतिरिक्त न्यायिक हत्या, यातना र दब्र्यवहारका ५६ घटना र १७० भन्दा बढी जथाभावी गिरफ्तारी तथा पूर्व सरकारी अधिकारी तथा राष्ट्रिय सुरक्षा बलका सदस्यलाई थुनामा राखेको आरोप दर्ता गरेको छ। 

यातना दिने सबैभन्दा सामान्य तरिका लात हान्ने, मुक्का हान्ने र थप्पड लगाउने रहेको तथा केबुल र पाइपले पिट्ने करेन्ट लगाउने र अन्य उपकरणहरूको प्रयोग गर्नेजस्ता मानव अधिकार हननका काम गरेको आरोप ती मुद्दामा लगाइएको छ।

kumari

आरोपमा २०० भन्दा बढी क्रुर, अमानवीय वा अपमानजनक सजायका उदाहरणहरू गरेको र १०० भन्दा बढी बल प्रयोगका घटनाहरू घटाएको उल्लेख छ। यद्यपि युद्धको अन्त्य भएदेखि देशभरि सुरक्षामा निकै सुधार आएको छ र निजामती घाइतेहरूको संख्यामा ठूलो कमी आएको छ। सन् १९९६ देखि २००१ को बीचमा आतंकको क्रुर अवधिका लागि चिनिएको तालिबानले अफगानीहरू, विशेष गरी महिला तथा केटीहरूको स्वतन्त्रतामा तीव्र प्रतिबन्ध लगाएका छन्। 

यूनामाले हत्या, बलात्कार, आत्महत्या, बालविवाह र आक्रमणलगायत जबरजस्ती विवाहका साथै सम्मान हरणका दुई मुद्दासहित महिला र बालिकामाथि हुने हिंसाका ८७ आरोप सार्वजनिक गरेको छ। तीमध्ये कुनै पनि औपचारिक रूपमा न्याय प्रणालीमा दर्ता भएका छैनन्।

मुद्दा दर्ता गरिएका मुद्दाहरूमध्ये एक दम्पती पनि थिए जसलाई इस्लाम कानूनको हित विपरित सम्बन्ध जोडेको आरोप लगाई सार्वजनिक रूपमा ढुंगाले हानेर मारिएको थियो।  अफगानिस्तानमा संयुक्त राष्ट्रको मानवअधिकार मिशनकी प्रमुख फियोना फ्रेजरले अफगानिस्तानमा ‘दण्डरहिनता प्रबल’ भएको बताइन् र आरोप कम रिपोर्ट भएको हुनसक्ने स्वीकार गरिन्।

यूनामा दुब्र्यवहारमा तालिबानको धार्मिक प्रहरी र गुप्तचर सेवाको सहभागिताका बारेमा ‘विशेष गरी चिन्तित’ रहेको उनले बताइन्। युनामाका अनुसार यो अवधिमा ७०० भन्दा बढी नागरिकहरू मारिएका छन् र आक्रमणमा कम्तीमा पनि १,४०० घाइते भएका छन्।

प्रकाशित: Jul 20, 2022| 05:30 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।