बुधबार, फागुन २०, २०८२

डढेलोमा घर जलेपछि वृद्धद्वारा आत्महत्या

राजधानी नगरको बाहिर जङ्गल नजिक रहेको आफ्नो घर डढेलोमा जलेको देखेर एकजना वृद्धले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

एथेन्स-  राजधानी नगरको बाहिर जङ्गल नजिक रहेको आफ्नो घर डढेलोमा जलेको देखेर एकजना वृद्धले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्। 

आफ्नो घर आगोको ज्वालाले ध्वस्त पारेको देखेपछि ती वृद्धले आत्महत्या गरेका मृतकका आफन्त, उनका छिमेकी र स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ। 

मंगलबार रातिको डढेलोले आवास, व्यवसाय र अन्य केही भवन ध्वस्त पारेको तथा केही क्षतिग्रस्त भएका स्थानीय अधिकारीहरूले बताएका छन्। कैयौँ नागरिक डढेलोबाट विस्थापित भएका छन्। तीव्र गतिमा चलेको हावाका कारण आगो निभाउन कठिनाई भएको थियो। 

आगो निभाउन चारसय ८५ वटा दलमल परिचालन गरिएको थियो। सेना, प्रहरी र स्वयम्सेवकहरू पनि आगो निभाउन परिचालन गरिएका थिए। आज बिहानैदेखि विमान र हेलिकप्टर पनि आगो निभाउन परिचालन भएका थिए। 

हरेक वर्ष गर्मी याममा ग्रीसले डढेलोको सामना गर्दै आएको छ। गत वर्ष शृङ्खलाबद्ध रूपमा देशका विभिन्न भागमा फैलिएको डढेलोले एक हजार हेक्टर वन र कृषिभूमिमा क्षति भएको थियो भने करिब दुई हजार घर एवम् व्यापार– व्यवसायमा क्षति भएको थियो। 

kumari

सन् २०१८ मा राजधानी एथेन्स नजिक अवस्थित माटीको तटीय रिसोर्टमा आगो लाग्दा एकसय दुई जनाको मृत्यु भएको थियो। 

प्रकाशित: Jul 20, 2022| 23:30 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।