बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ताइवानमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका उपाय खुकुलो पारियो

ताइवानमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका उपाय खुकुलो पारियो

ताइवानका सहरी क्षेत्रमा अझै पनि लागू अवस्थामा रहेका मास्कको प्रयोग, सार्वजनिक स्थल र यातायातको सामान्य सञ्चालन पुनः सुरु गर्न नियमहरूलाई आवश्यकता अनुसार समायोजन गरेको ताइवानको रोग नियन्त्रण तथा अनुगमन निकायले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

ताईपेइ- ताइवानले केही कोभिड नियन्त्रणका केही उपायलाई खुकुलो पारेको छ। ताइवानका सहरी क्षेत्रमा अझै पनि लागू अवस्थामा रहेका मास्कको प्रयोग, सार्वजनिक स्थल र यातायातको सामान्य सञ्चालन पुनः सुरु गर्न नियमहरूलाई आवश्यकता अनुसार समायोजन गरेको ताइवानको रोग नियन्त्रण तथा अनुगमन निकायले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

मंगलबारदेखि मोटरसाइकल चालक र साइकल सवारले मास्क लगाउनु नपर्ने भएको छ। तर मास्क बोक्नु र समूहमा जाँदा लगाउनु भने अझै अनिवार्य हुने विज्ञप्तिमा बताइएको छ। नयाँ नियममा लागू हुने अन्य परिस्थितिहरूमा व्यायाम गर्नु, बाहिर खुला स्थानहरूमा काम गर्नु र एकल वा समूहमा फोटो लिनु समावेश छ। मानिसहरूले बाहिर निस्कँदा मास्क लगाउनु आवश्यक छैन।

अब सुपरमार्केट र बजारलगायत सार्वजनिक स्थलमा आगन्तुक को प्रवाहमा विना रोकतोक जान सकिने र सार्वजनिक यातायातमा जाने यात्रुहरूले सवारी साधनमा खाना वा अन्य खानेकुरा खान सक्नेछन्। 

यस द्वीपमा कोभिड–१९ महामारी घट्दै गइरहेको बताइए पनि मंगलबार २६ हजार ९४३ जनामा सङ्क्रमण पुष्टि भएको र ५७ जना कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको रोग नियन्त्रण तथा अनुगमन निकायले जनाएको छ। 


प्रकाशित: Jul 21, 2022| 05:00 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।