शनिबार, असार ६, २०८३

कर्णालीको सर्वदलीय बैठकको बिना निष्कर्ष टुंगियो

सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९
National life
Shivam cement

सुर्खेत- कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ। सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन्। सभामुख शाहीले आज बोलाइएको सर्वदलीय बैठकमा छलफलको टुङ्गो लाग्न नसकेको जानकारी दिए।

'आज दिउँसोको बैठकमा छलफल त भयो त्यसको निष्कर्ष निष्कन सकेन,' सभामुख शाहीले भने, 'अब फेरि अर्को बैठक बसेर छलफल हुन्छ।' मङ्गलबार प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दलको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। 

उनले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीद परिवारका लागि शहीद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरेको बताए।

प्रकाशित: Jul 20, 2022| 19:47 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...