शनिबार, असार ६, २०८३

एमालेका महासचिवले भने - विचार मिल्ने दलसँग सहकार्य गर्छौं

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताएका छन्। एमाले प्रचार तथा प्रकाशन विभागले बुधबार अनलाइनका सम्पादकसँग गरेको अन्तक्रियामा उनले आगामी निर्वाचनमा विभिन्‍न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताएका हुन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताएका छन्। एमाले प्रचार तथा प्रकाशन विभागले बुधबार अनलाइनका सम्पादकसँग गरेको अन्तक्रियामा उनले आगामी निर्वाचनमा विभिन्‍न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताएका हुन्। 

National life

'मुख्यतः एमालेको नीतिसँग मेल खाने दलसँग हामी आगामी निर्वाचनमा सहकार्य गर्ने छौँ,' महासचिव पोखरेलले भने, 'एमालेले जसलाई मित्र ठान्यो उसैसँग सहकार्य हुन्छ।' उनले पार्टी फुटे पनि त्यसको असर नगन्यरुपमा देखिएको बताए। उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बने आफूहरू एक्लै निर्वाचनमा होमिएर विजय प्राप्त गर्ने बताए। 

महासचिव पोखरेलले मुलुकमा जति धेरै पार्टी भयो त्यति नै मुलुक अस्थिर हुने र वैदेशिक हस्तक्षेप बढ्ने बताए। उनले मुलुक निर्माणका लागि बलियो राजनीतिक शक्ति आवश्यक रहेको र त्यो दिशामा एमाले अगाडि बढ्ने बताए। महासचिव पोखरेलले मुलुकमा पुरानो नेतृत्वलाई विस्थापित गर्न सके पनि नयाँ नेतृत्व र वर्गलाई स्थापित गर्न नसकेको बताए। 

उनले २०६२/६३ को जनआन्दोलनले सबै समस्यालाई समाधान गर्छ भन्ने लागेको भए पनि त्यो पूरा नभएको स्पष्ट पारे। एमालेका उपमहासचिव पृथ्वीसुब्वा गुरुङले पार्टी र सम्पादकसँग खाडल पुर्न तथा पार्टीले सुधार्नुपर्ने कुराको सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिएको बताए। 

प्रकाशित: Jul 20, 2022| 19:10 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...