शनिबार, असार ६, २०८३

हामीले गठबन्धनको गीत बढी गायौँ, अब शक्ति बढ्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फुटाएको बताएका छन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फुटाएको आरोप लगाएका छन्। बुधवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को स्कुल विभागले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकताबद्ध गर्न नसकेको आरोप लगाए। 

National life

नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको उनको भनाइ थियो। अध्यक्ष नेपालले ओलीले अहंकार देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको आरोप लगाए। 

‘सर्वोच्चले पहिलाकै अवस्थामा जानु भनेर आदेश आइसकेपछि बाध्य भएर पार्टी निर्माण गर्न बाध्य भयौँ । २०७५ को जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । फेरि २०७५ फागुन २३ गतेको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टिए,' अध्यक्ष नेपालले भने, 'फागुन २८ गते एकलौटी बैठक बसेर केपी ओली पक्षका मान्छेको मात्रै उपस्थिति गराएर एकलौटी पार्टीको विधान संशोधन भयो। हामीले नेकपा एमाले कम्युनिस्ट पार्टी नरहेको थाहा पाएपछि हामी बाहिरियौँ। त्यसमा राजा महाराजाका गन्धहरु आए। त्यसपछि सबै साथीहरुले नयाँ ढंगबाट जानुपर्ने कुरा राखेपछि नै हामी नयाँ पार्टी निर्माण गरेर आएका हौँ।’

अध्यक्ष नेपालले गठबन्धको गीत बढी गाएका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको ठोकुवा गरे। उनले गठबन्धनको भरोसा बढी गर्नाले र अरुको सहारामा बाच्ने बानीले पार्टीलाई नोक्शान पुर्‍याएको उनको भनाइ थियो। 

‘गठबन्धनको गीत हामीले बढी गायौँ। गठबन्धनको भरोसा धेरै गर्‍यौँ। अरुको भरोसा गरेपछि आफ्नो शक्ति बठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ। अरुको सहारामा बाच्ने बानी पर्दो रहेछ। अरुको सहारामा बाँच्ने मान्छेले केही गर्न सक्दैन,' उनले भने, 'हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनौँ। तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो। पार्टीको चिन्हको प्रचार हुन्थ्यो। कतिपय ठाउँमा उम्मेदवारी दिने आँट गरेनौँ, कतिपय ठाउँमा गठबन्धन नहुँदा सातो गयो। हामीले कलम चिन्हमा उठाएका उम्मेदवारहरु निर्वाचन आयोगको रेकर्डमा हुनुहुन्छ। समानुपातिकमा २०/२५ लाख मत प्राप्त गर्‍यौं भने २० देखि २५ सिट हामीले पाउँछौँ। प्रत्यक्ष निर्वाचनमा हाम्रो क्षमता बढ्छ।’

Shivam cement

प्रकाशित: Jul 20, 2022| 16:18 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...