सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्न सांसद गुरुङको माग

सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्न सांसद गुरुङको माग

सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबारभित्र सार्न माग गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सार्न माग गरेकी हुन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबारभित्र सार्न माग गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सार्न माग गरेकी हुन्।

National life

उनले भनिन्, ‘सेनामा न्यायप्रति विश्वास घटेको छ। सैनिक विशेष अदालतको बेथितिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु। सैनिक विशेष अदालतलाई सिंहदरबारभित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु।’ सैनिक विशेष अदालतको बेथितिका कारण सयौं सैनिकले समयमै न्याय पाउन नसकेको दाबी उनले गरिन्।

‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ बोकेका निश्चित समूहका रिसिवीका कारण अभिप्रेरित हुने गरेको छ,’ उनले भनिन्। सैनिक विशेष अदालत हप्ताको एक दिनमात्र बस्ने र त्यो दिन विभिन्न व्यक्तिहरूको व्यस्तताका कारण इजलास बस्न नसकेको उनले बताइन्।

प्रतिनिधिसभा बैठकमा सांसद गुरुङले राखेको धारणा


प्रकाशित: Jul 20, 2022| 14:24 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।