शनिबार, वैशाख १२, २०८३

दक्षिण कोरियामा बढ्यो कोरोना संक्रमण

कोरियामा कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

National life
kumari

काठमाडौं- दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड-१९ बाट संक्रमित भएका छन्।

यो सँगै कोरियामा कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ संक्रमित फेला परेका थिए।

गम्भीर अवस्थाका रहेका संक्रमितको संख्या ९६ पुगेको छ। संक्रमणबाट मंगलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म २४ हजार सात सय ७७ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: Jul 20, 2022| 14:12 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।