मंगलबार, वैशाख १५, २०८३

खुला स्पर्धाबाटै छानिने भए यू–१७ राष्ट्रिय फुटबल खेलाडी

इच्छुक खेलाडीले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

National life
kumari

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ राष्ट्रिय फुटबल टिम पनि खुला छनोटबाटै बनाउने भएको छ। यसअघि एन्फाले यू–२० राष्ट्रिय टिम पनि खुला छनोटबाटै गराएको थियो।

एन्फाका अनुसार आउँदो साउन ९ बाट छनोट प्रकिया सुरु हुनेछ। इच्छुक खेलाडीले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ। यसका लागि साउन ९ सम्मको अवधि तोकिएको छ। खेलाडीले प्रशिक्षणमा सहभागी हुँदा जन्मदर्ताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचयपत्र ल्याउनुपर्नेछ।

साफ यू–१७ च्याम्पियनसिप आगामी सेप्टेम्बर ५ देखि श्रीलंकामा हुँदै छ। त्यस्तै, एएफसी यू–१७ एसियन कप छनोट आगामी अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुने कार्यतालिका छ।

प्रकाशित: Jul 20, 2022| 13:43 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।