सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवलपरासीमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्दो

नवलपरासीमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्दो

कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको संख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

नवलपरासी- जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढेको छ।

National life

कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको संख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए। 

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सरकारले गत असार १ गतेदेखि सुरु गरेको थियो। सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन्। पछिल्ला केही दिनदेखि कार्यालयमा उल्लेख्य मात्रामा नयाँ मतदाता नामावली दर्ताका लागि सेवाग्राही आउने गरको कार्यालय प्रमुख भुसालले बताए। 

असारमा मात्रै जिल्लामा पाँच हजार २२२ नयाँ मतदाता थपिएका छन्। यस अवधिमा दुई हजार ६५८ महिला र दुई हजार ५६४ पुरुष मतदाता थपिएका छन्।

यस्तै यसै अवधिमा ५८७ जनाको ठाउँसारी र ७४ जनाको सच्चाउने गरी ६६१ जनाको मतदाता नामावली अध्यावधिक गरिएको कार्यालय प्रमुख भुसालले बताए। 


प्रकाशित: Jul 20, 2022| 12:55 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।