सोमबार, साउन २५, २०८३

नेता नेपालले भने- गठबन्धनको भरोसा छैन

गत स्थानीय निर्वाचनमा गठबन्धनको भजन गाउँदा पार्टी कमजोर भएको नेता नेपालको दाबी।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको भजन गाउँदा पार्टी कमजोर भएको दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीमा आबद्ध जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा नेता नेपालले गठबन्धनको भरोसा नभएको बताएका हुन्।

‘गठबन्धनको धेरै भरोसा छैन। गठबन्धनको भर परेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ’ उनले भने, ‘अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन। आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरूले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन्।’

आफ्नो आधार र शक्ति बनाउन नसक्नेहरू अरूको आशमा बाँच्नुपर्ने उनको स्वीकारोक्ति छ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा आफ्नै तयारी गरेको भए थप स्थानमा जित्न सकिने दाबी गरे। ‘आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुन्थ्यो। यसमा कमजोरी देखियो,’ उनले भने, ‘कतिपयले धोका दिए, सहमति कायम भएन। कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो।’


प्रकाशित: Jul 20, 2022| 12:45 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...