शनिबार, असार ६, २०८३

सरकारले निर्वाचन सार्ने षड्यन्त्र गर्न सक्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको आशंका व्यक्त गरेका छन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको आशंका व्यक्त गरेका छन्।

National life

बुधबार काठमाडौंमा आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय बृहद भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने चुनाव सार्नसक्ने खतरा रहेको उनको भनाइ छ। सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको ओलीको दाबी छ।

‘मंसिरमा संघीय संसद र प्रदेश सभा सदस्यका लागि आम निर्वाचन हुनुपर्नेछ। यहाँ विभिन्न बहानामा निर्वाचन सार्नसक्ने खतरा छ। समयमा निर्वाचन हुनुपर्छ। र, त्यसबाट राष्ट्रवादी सरकार बन्नुपर्छ,' उनले भने।

उनले वर्तमान सरकारले संविधानमाथिको थिचोमिचो गरिरहेको भन्दै गत फागुनमा हुनुपर्ने निर्वाचन बैशाखमा गरिएको त्यो पनि एमालेको दवावले मात्रै सम्भव भएको बताए।  

ओलीले सरकार सञ्चालकहरु अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको, अन्तराष्ट्रिय सम्बन्धलाई अनुचित ढंगले खल्वल्याएको र देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको बताए।

Shivam cement

प्रकाशित: Jul 20, 2022| 12:43 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...