सोमबार, साउन २५, २०८३

पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे वामदेव

पार्टीमा वामदेव गौतम संयोजक हुने गरी निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाइएको हो।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– गत असार १४ मा नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी खोलेका वामदेव गौतम दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। 

पार्टीमा वामदेव गौतम संयोजक हुने गरी निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाइएको हो। 

पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ भने यसका संयोजक वामदेव गौतम रहने गरी दर्ता प्रक्रिया अघि बढेको हो।

निर्वाचन आयोगमा उक्त दलको निवेदनको दर्ता नम्बर ६४ रहेको पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताए। 

उनका अनुसार ३ वटा चुनाव चिह्न आयोगमा प्रस्ताव गरिएको छ। ‘३ वटा नाम हामीले प्रस्ताव गरेका छौं,’ उनले भने, ‘आयोगले कुन चिह्न दिन्छ, त्यही कायम हुन्छ।’

कुन–कुन नाम आयोगमा प्रस्ताव गरिएको भन्नेबारे उनले खुलाएनन्। ७५ जना केन्द्रीय सदस्य हुने गरी गत १४ असारमा गौतमले पार्टी घोषणा गरेका थिए। 

राष्ट्रिय सभाका सांसदसमेत रहेका गौतमले तत्कालीन नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान सञ्चालन गर्दै आएका थिए। पार्टीको प्रमुख उद्देश्य नेपालका वामपन्थी दल एकीकृत गर्ने रहेको बताएका थिए।

प्रकाशित: Jul 20, 2022| 12:36 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...