सोमबार, साउन २५, २०८३

कांग्रेसले तोक्यो प्रमुख सचेतक र सचेतक

नेपाली कांग्रेसले प्रतिनिधिसभाका सचेतक र प्रमुख सचेतक तोकेको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाका सचेतक र प्रमुख सचेतक तोकेको छ। संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन्।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो  पद रिक्त थियो। त्यसैगरी पार्टीको सचेतक रहेकी पुष्पा भुसाल हालै उपसभामुखमा नियुक्त भएपछि सो पद पनि रिक्त हुन पुगेको थियो।

यादवले उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी छन् भने विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्य हुन्।

प्रकाशित: Jul 20, 2022| 11:43 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...