सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बागमतीका १४ सय कार्यकर्तालाई निर्वाचन लक्षित प्रशिक्षण दिँदै एमाले

बागमतीका १४ सय कार्यकर्तालाई निर्वाचन लक्षित प्रशिक्षण दिँदै एमाले

प्रशिक्षणमा एमाले अध्यक्ष ओलीले आउँदो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिनेछन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– आउँदो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। 

काठमाडौंको प्रज्ञा भवनमा हुने बागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिब १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता आनन्द पोखरेलले बताए। 

प्रदेश अध्यक्ष, उपाध्यक्ष, जिल्ला पदाधिकारी, जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटी अध्यक्ष, पालिका अध्यक्षलगायतलाई एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र काशीनाथ अधिकारीले प्रशिक्षण दिनेछन्। 

प्रशिक्षणमा अध्यक्ष ओलीले राष्ट्रिय राजनीति र पार्टीले खेल्नुपर्ने भूमिका, वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी दिनमा पार्टीले गर्नुपर्ने काम र पौडेलले मुलुकको आर्थिक अवस्था एवं वर्तमान राष्ट्रिय राजनीतिबारे प्रशिक्षण दिनेछन्।

त्यस्तै, नेता अधिकारीले पार्टी शुद्धीकरणका विषयमा प्रशिक्षण दिनेछन्। यसअघि एमालेले मधेसको जनकपुर र प्रदेश १ को विराटनगरमा प्रशिक्षण गरिसकेको छ।


प्रकाशित: Jul 20, 2022| 11:31 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...