सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनलाइनमार्फत थप ५ जिल्लामा मतदाता नामावली फारम भर्न सकिने

अनलाइनमार्फत थप ५ जिल्लामा मतदाता नामावली फारम भर्न सकिने

बुधबारदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापामा अनलाइन मतदाता फाराम भर्ने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको हो।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– निर्वाचन आयोगले बुधबारबाट थप पाँच जिल्लामा अनलाइनमार्फत मतदाता नामावली फारम भर्न सकिने बताएको छ। चितवन, कास्की, मोरङ, काभ्रे र झापामा अनलाइन मतदाता फाराम भर्ने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको हो।

National life

यसअघि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गत असार २९ देखि अनलाइन फाराम भर्ने व्यवस्था गरिएको छ। चितवन, कास्की, मोरङ, काभ्रे र झापाबाट पनि यो व्यवस्था मिलाइएपछि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने जिल्लाको संख्या ८ पुगेको छ।

अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, नागरिकतालगायतका परिचयपत्रसहित फोटो खिचाउन र औंठाछाप लगाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ। यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाले भने फेरि लेखाउनु नपर्ने आयोगले बताएको छ। अनलाइन फाराम भर्ने सुविधापछि सेवाग्राहीलाई लामो समय लाइन बस्नुपर्ने झन्झट हट्ने आयोगको विश्वास छ।

आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य गत असार १ देखि सुरु गरेको थियो, जुन निर्वाचनको मिति घोषणा नहुन्जेल जारी रहन्छ।

विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी बसोबासभन्दा अन्यत्र बस्नेहरूले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। तर मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ, त्यहींबाटै गर्नुपर्नेछ।

आफ्नो नाम, थर, लिंग, जन्मस्थानलगायतको कुनै पनि विवरणमा त्रुटि भए त्यसलाई सच्याउन सकिने आयोगले जनाएको छ। आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न सकिनेछ।

प्रकाशित: Jul 20, 2022| 11:13 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।