काठमाडौं- संयुक्त विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा माग गरेको छ।
राष्ट्र बैंक परिसरमा कालो ब्यानरसहित बुधबार संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा रहेको भन्दै कुनै पनि राजनीतिक दलमा रहेको व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हुन नमिल्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले गभर्नर अधिकारीको राजीनामा माग गर्दै आएका छन्। उनीहरूले आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँसेर विरोध जनाएका छन्।