सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरबाट अपहरणमा परेकी १ वर्षीया बालिकाको ४८ घण्टापछि उद्धार

विराटनगरबाट अपहरणमा परेकी १ वर्षीया बालिकाको ४८ घण्टापछि उद्धार

विराटनगरबाट अपहरण गरिएको भनिएकी १ वर्षीया बालिकालाई बुधबार बिहान प्रहरीले करिब ४८ घण्टा पछि सकुशल उद्धार गरेको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

विराटनगर- विराटनगरबाट अपहरण गरिएको भनिएकी १ वर्षीया बालिकालाई बुधबार बिहान प्रहरीले करिब ४८ घण्टा पछि सकुशल उद्धार गरेको छ। 

National life

दीपेन्द्र यादव र ममता यादवकी १ वर्षीया छोरी निकिसालाई सोमबार बिहान ८ बजेतिर अपहरण गरेर एक युवतीले लगेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

बालिकाको अपहरणमा संलग्न भनिएकी अञ्जली साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। अञ्जलीले साथमै राखेको अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरी स्रोतले बताएको छ। 

अपहरणमा संलग्न भनिएकी महिलालाई पनि पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

बालिकाको अपहरणमा संलग्न भनिएकी अञ्जलीको दीपेन्द्रसँग पुरानै चिनजान रहेको प्रहरीको जनाएको छ। दीपेन्द्रलाई छोरीसहित भेट्न बोलाएर विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट अञ्जलीले नाबालिकालाई लिएर गएको र दुई दिनसम्म आफ्नै नियन्त्रणमा राखेको प्रहरी स्रोतको भनाइ छ। 

अञ्जलीले छोरीलाई लिएर गएपछि दीपेन्द्रले प्रहरीलाई खबर गरेका थिए। बालिकाका बुवा दीपेन्द्रलाई पनि घटनापछि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ।

प्रकाशित: Jul 20, 2022| 09:25 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।