शनिबार, असार ६, २०८३

१५ सहसचिवको सरुवा, कसको कहाँ?

सरकारले विभिन्न मन्त्रालय र निकायका १५ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत सहसचिवको काज सरुवा गरेको हो।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- सरकारले विभिन्न मन्त्रालय र निकायका १५ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत सहसचिवको काज सरुवा गरेको हो। 

National life

मन्त्रालयका अनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

यस्तै, संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रदीप परियारलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई अर्थ मन्त्रालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ। 

अर्थ मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव वैकुण्ठप्रसाद अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रकाश पौडेललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ। 

यसैगरी, राष्ट्रिय समावेशी आयोगका शिवकुमार कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश १ विराटनगरअन्तर्गत सरुवा गरिएको छ। श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव दीपक घिमिरेलाई संघीय मामिला तथा सामान्य मन्त्रालयमा सरुवा गरिएको छ।

Shivam cement

रक्षा मन्त्रालयका कृष्णप्रसाद ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दुवाडीलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद भट्टराईलाई घोराही उपमहानगरपालिका, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई पोखरा महानगर र धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई वीरगन्ज महानगरपालिकामा सरुवा गरिएको छ।

प्रकाशित: Jul 20, 2022| 08:13 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...