सोमबार, साउन २५, २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ। 

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले  राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन्। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।



प्रकाशित: Jul 20, 2022| 06:26 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...