काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले वर्तमान सत्ता गठबन्धनलाई कायम राखेर वाम एकताको पहल गर्ने निर्णय गरेको छ। मंगलबार बसेको दलको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीका महासचिव वेदुराम भुसालका अनुसार कांग्रेससहितको पाँचदलीय गठबन्धन कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै संगठन सुदृढीकरण अभियान र समाजवादबारे पार्टीको अवधारणाबारे छलफल भएको उनले जानकारी दिएका छन्। वर्तमान आर्थिक समस्याबारे पनि पार्टीले प्रस्ताव तयार गर्नेछ।
यस्तै असार १३–१४ मा भएको केन्द्रीय परिषद प्रथम बैठकले पारित गरेको कार्ययोजना कार्यान्वयनका विषयमा पनि बैठकमा छलफल चलेको थियो।