शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिंहदरवारमा ५ कम्युनिस्ट नेताको दोस्रो बैठक, प्रचण्डले भने- एकताबारे छलफल भयो

सिंहदरवारमा ५ कम्युनिस्ट नेताको दोस्रो बैठक, प्रचण्डले भने- एकताबारे छलफल भयो

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र नेकपा एकता अभियान चलाएका वामदेव गौतमका साथै माओवादी केन्द्रकै नारायणकाजी श्रेष्ठबीच छलफल भएको हो।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं- सिंहदरवारमा ५ कम्युनिस्ट नेताहरूले दोस्रो पटक छलफल गरेका छन्। मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र नेकपा एकता अभियान चलाएका वामदेव गौतमका साथै माओवादी केन्द्रकै नारायणकाजी श्रेष्ठबीच छलफल भएको हो। उनीहरू तत्कालीन नेकपाका सचिवालय सदस्य हुन्। ९ सदस्य रहेको नेकपा सचिवालयका बहुमत सदस्यहरू पार्टी एकताका लागि छलफलमा जुटेका हुन्। 

National life

नेता वामदेव गौतमले नेकपाका तत्कालीन सचिवालय सदस्य मिलेर नयाँ दल बनाउने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा प्रचण्ड-नेपाल पनि सकारात्मक बनेको  बताइएको छ। 

बैठकपछि बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्नेहरुबीच पुनः पार्टी एकीकरण गर्नेबारे बैठकमा छलफल भएको बताए। अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई कायमै राखेर तत्कालीन नेकपाको बहुमत पक्ष एकतामा जानेबारे सकारात्मक छलफल भएको उल्लेख गरेका थिए।

'हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य एक ठाउँमा छौं। गठबन्धनलाई कायम राखेर जानेमा विमति छैन, कसरी प्रभावकारी बनाउने भन्ने छलफल पनि चलेको छ। हिजो एउटै पार्टीवाला भयौं, हामी नेकपाको बहुमत हौं त्यसैले विचार मिल्नेहरुबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ,' प्रचण्डले भने, 'पार्टी एकीकरणको पनि चर्चा गरेका छौं। तर यो हाम्रो एकीकरण वा छलफल गठबन्धनको विरुद्ध चाहिँ होइन।'

मंगलबार नै प्रचण्डले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए। छलफलमा डा बाबुरामले अब कम्युनिस्ट पार्टीमा आफू नफर्कने बताएका थिए। उनले समाजवादी केन्द्र बनाउने भए आफू आबद्ध हुन सक्ने संकेत गरेको बताइएको छ। 

Shivam cement

हालै जसपाले कारबाही गरेपछि डा बाबुराम पार्टीविहीन अवस्थामा पुगेका छन्। उनी नयाँ दल दर्ता गराउने विषयमा पनि छलफलमा जुटेको बताइएको छ। 


प्रकाशित: Jul 19, 2022| 18:51 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...