शनिबार, मंसिर ६, २०८२

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

नेपालले आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबिया र स्कटल्यान्डसँग ४ खेल खेलेकामा एक खेलमा मात्र जित निकालेको थियो।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं– आईसीसी लिग २ अन्तर्गत एकदिवसीय त्रिकोणामक सिरिजका लागि स्कटल्यान्ड भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ। 

National life

नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तान सन्दीप लामिछानेले जे सोचेर स्कटल्यान्ड भ्रमण गरिएको थियो, त्यसमा सफल हुन नसकिएको बताए।

‘हाम्रा गल्ती सुधार गर्दै बाँकी १६ खेल जित्न जरुरी छ। खेलअघि राम्रो टिमसँग प्रशिक्षण गर्न पाएका थियौं। युवा खेलाडी छन्, नयाँ कन्डिसन भएका कारण पनि केही गाह्रो भएको हो। सबै च्यालेन्ज पार गर्न सक्यांै भने अर्को लेभलमा जान सक्छौं,’ उनले भने। 

सन्दीपले आफूलाई कप्तानभन्दा पनि खेलाडीको रूपमा आगाडि राख्ने बताए। ‘टिम हार्नु भनेको म आफैं हार्नु हो। टोली राम्रो छ तर हामी क्षमताअनुसार खेल्न सकेका छैनौं। सबैले आफ्नो तर्फबाट राम्रो खेल्ने प्रयास गर्नुपर्छ’ उनले भने। ब्याटिङको समस्या पहिलाबाटै रहेकाले स्कटल्यान्ड भ्रमणमा पनि दोहोरिएको उनको भनाइ छ।

नेपालले आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबिया र स्कटल्यान्डसँग ४ खेल खेलेको थियो। सिरिजका ४ खेलमध्ये ३ खेल जित्ने लक्ष्यमा स्कटल्याण्ड भ्रमणमा गएको नेपाली टोलीले एक खेलमा मात्र जित निकालेको थियो।

Laxmi sunrise bank
kumari

नेपाल नामिबियासँग ६३ र ४० रनले पराजित भएको थियो। स्कटल्याण्डलाई एक खेलमा ५ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो। अर्को खेलमा भने ८ विकेटको फराकिलो हार बेहोरेको थियो।

प्रकाशित: Jul 19, 2022| 17:39 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।