सोमबार, साउन २५, २०८३

चार नेताले छाडे राप्रपा, केन्द्रीय समिति बैठक सुरु

साउन ५ देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदन, दोस्रो चरणको आन्दोलनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन बैठक सुरु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक सुरु भएको छ। साउन ५ देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदन, दोस्रो चरणको आन्दोलनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ। 

बैठकमा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्य सम्पादन समितिका सदस्य सहभागी रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। 

पार्टीमा पछिल्लो समय देखिएको विवाद र त्यसको समाधानलगायतका विषयमा बैठकमा छलफल हुनेछ।

पार्टी परित्याग गर्नेहरु बढ्दै

राप्रपाका चार नेताले पार्टी परित्याग गरेका छन्। दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी त्यागेका हुन्। पार्टीभित्र अपमानित र निरीह भएर बस्न सक्ने अवस्था नरहेको उनीहरूले बताए।

आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको उनीहरूले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। हालै राप्रपाले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो। गत बुधबारको राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठकले दिलनाथसहित नेताहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो।

प्रकाशित: Jul 19, 2022| 15:59 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...