शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी अध्यक्ष दाहालले भने : गठबन्धन यताउति नहुने कांग्रेसको निर्णय उचित

माओवादी अध्यक्ष दाहालले भने : गठबन्धन यताउति नहुने कांग्रेसको निर्णय उचित

कांग्रेससँगको गठबन्धनलाई सँगै लिएर जाने अध्यक्ष दाहाल घोषणा।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गठबन्धनका विषयमा यताउति नहुने भनी गरेको निर्णय उचित भएको बताएका छन्। मंगलबार सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले आफूहरू पनि यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा अडिग रहेको बताएका हुन्।

सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले ‘जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो।

‘कांग्रेसले सही निर्णय गरेको छ’, अध्यक्ष दाहालले भने, ‘हामी पनि यही गठबन्धन सँगै लिएर जाने पक्षमा छौं। गठबन्धनमा यताउता गर्ने भन्ने छैन।’

प्रकाशित: Jul 19, 2022| 15:30 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...