शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाबुरामसँग भेटेपछि प्रचण्डले भने- कांग्रेसले सही निर्णय गरेको छ [भिडियोसहित]

बाबुरामसँग भेटेपछि प्रचण्डले भने- कांग्रेसले सही निर्णय गरेको छ [भिडियोसहित]

मंगलवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको बिषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन्।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहीवारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन्। मंगलवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको बिषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन्। 

National life

डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए। गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उनले जानकारी दिए। 

‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन। गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ। गठबन्धन बनाउनेबारे अरु पार्टी सँग पनि कुरा गरौँ। पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो,’ अध्यक्ष दाहालले भने। 

अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय सही भएको बताउनु भयो। उनले आफूहरु गठबन्धन लिएर लाने पनि उल्लेख गरे। ‘काँग्रेसले सही निर्णय गरेको छ। हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ। यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन। बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्ने छ बाबुरामजीको,’ प्रचण्डले भने। 

डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी नेपालले कारबाही गरेपनि उनी गठबन्धनमै रहेको प्रचण्डको भनाइ छ। भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता गरेको पनि अध्यक्ष दाहालले जानकारी दिए।

Shivam cement
भिडियो

प्रकाशित: Jul 19, 2022| 15:10 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...