काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा ‘संवर्द्धनवादी’ वैचारिक धार कमजोर हुँदै गएको टिप्पणी गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमाफर्त अध्यक्ष थापाले नेपाली राजनीतिमा 'संवर्द्धनवादी' वैचारिक धार कमजोर हुँदै गएको बताएका हुन्।
धर्म, संस्कृति र परम्पराको रक्षाप्रति नेपाली राजनीति उदासीन रहेको उनको भनाइ छ। उनले यसको विकासका लागि राप्रपा लागिरहेको दाबी गरेका छन्।
‘नेपालको राजनीतिमा अहिले ‘सम्वर्द्धनवादी’ अर्थात् धर्म, संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर देखिन्छ’, उनले भनेका छन्, ‘तर, अन्ततः यही विचार नै राष्ट्रको मूलधार बन्नेछ। गर्व लाग्छ, राप्रपा नेपाल ‘संवर्द्धनवादी’ धारलाई प्रतिनिधित्व गर्ने एक मात्र दल हो।’
नेपालको राजनीतिमा अहिले "सम्वर्द्धनवादी" अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रनिर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर देखिन्छ।तर,अन्ततः यही विचार नै राष्ट्रको मुलधार बन्नेछ।गर्व लाग्छ, राप्रपा नेपाल "सम्वर्द्धनवादी" धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल हो
— Kamal Thapa (@KTnepal) July 19, 2022