मंगलबार, असार १७, २०८२

राजुले जिते एसियन सुगठनमा काँस्य

नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा भइरहेको ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेस फिजिकमा तेस्रो स्थान प्राप्त गरेका छन्।
 |  सोमबार, साउन २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

vianetvianet

काठमाडौं- नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा भइरहेको ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेस फिजिकमा तेस्रो स्थान प्राप्त गरेका छन्। टिम व्यवस्थापक संघका उपाध्यक्ष दिनेश राजभण्डारीले राईले काँस्य जितेको जानकारी दिएका हुन्।

राजुले १७० सेमीसम्मको समूहमा तेस्रो स्थान प्राप्त गरेका हुन्। २४ राष्ट्र सहभागी उक्त विधामा राजुले स्पाइडरम्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन्। यसअघि पनि नेपाली खेलाडीले एशियन शारीरिक सुगठनमा पदक प्राप्त गरिसकेका छन्।

सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा योगदान पुर्‍याएवापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेस महासंघले नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई 'डिस्टिङ्गुइस्ड अवार्ड' ले सम्मान गरेको समेत मालदिभ्सबाट उपाध्यक्ष भण्डारीले जानकारी गराए।

प्रतियोगतामा राजुसहित सुजिता मानन्धर र उमेश राई पनि सहभागिता जनाउन गएका छन्। सुजिताले सोमबार आफ्नो फिजिक अन्तरगतको विधमा प्रतिस्पर्धा गर्दैछिन्। यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तराष्ट्रिय निर्णायक एवं संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानी काजी डंगोल र लक्ष्मण महत पनि माल्दिभ्समा छन्। 

नेपालले सन् २०२३ मा ५५औं एसियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ।


प्रकाशित: Jul 18, 2022| 20:37 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।