काठमाडौं- न्याय परिषद्ले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ। सोमबार बसेको परिषद् बैठकले न्यायाधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न परिषद्ले सिफारिस गरेको हो।
निधि उच्च अदालत महेन्द्रनगरका न्यायाधीश हुन् भने शर्मा जिल्ला अदालत काठमाडौंमा कार्यरत छन्। न्यायपरिषदको सिफारिसलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सदर गरेपछि उनीहरू बर्खास्त हुनेछन्। न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार खराब आचरण देखिएका कारण उनीहरूलाई बर्खास्त गर्न सिफारिस गरिएको हो।
यसअघि पनि परिषद्ले ३ न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको थियो। यस्तै अर्का एक न्यायाधीशलाई भने सचेत गराइएको थियो।