काठमाडौं- ५ दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। गत सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु भएर आइतबार समापन भएको केन्द्रीय समितिले यो सहित १२ निर्णय गरेको हो।
कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच वर्ष स्थिर सरकार बनाउनका लागि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो।
गठबन्धनका दलबीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नेसमेत उल्लेख गरेको छ। स्थिर सरकारमार्फत् जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्ने समेत बैठकको ठहर छ।
यस्तै नीति महाधिवेशनका सम्बन्धमा केन्द्रले आवश्यक तयारी गर्ने समेत पार्टीको निर्णय छ। यसैगरी स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुका लागि आचार संहिता जारी गर्ने समेत निर्णय गरेको छ।
यसैगरी गठन हुन बाँकी र पूर्णता प्राप्त नगरेका पार्टीका भातृसंस्थालाई साउनभरमा पूर्णता दिने निर्णयसमेत गरेको छ। विभिन्न ११ वटा संगठनलाई पार्टीको शुभेच्छुक संस्थाको मान्यता दिएको छ। पार्टीले नेपाल आदिवासी जनजाति संघ विघटन गर्ने मान्यता पाएका शुभेच्छुक संस्थाको विधानलाई परिमार्जन गरी केन्द्रले अन्तिम रूप प्रदान गर्नेसमेत निर्णय गरेको छ।
यी हुन् १२ निर्णय