शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको निर्णय : बहुमतका लागि सत्ता गठबन्धनका सहयात्रीसँग चुनावी तालमेल

कांग्रेसको निर्णय : बहुमतका लागि सत्ता गठबन्धनका सहयात्रीसँग चुनावी तालमेल

लोकतन्त्र बलियो बनाउन र आगामी प्रदेशसभा, संघीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सत्ता गठबन्धनमा आबद्ध दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको घोषणा।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९
National life
Shivam cement

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गर्ने निर्णय गरेको छ। कांग्रेसको सानेपा मुख्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनका दलहरूसँग छलफल गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

पार्टीलाई आउँदा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रस्ट बहुमत दिलाउने कांग्रेसको निर्णयमा भनिएको छ, संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न केन्द्रीय समितिको बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ।’

तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसको ठहर छ। ‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ,’ कांग्रेसले भनेको छ।

प्रकाशित: Jul 18, 2022| 17:40 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...